जाजरकोटमा जिप दुर्घटना हुँदा ११ जनाकाे मृत्यु (नामवलीसहित)

जाजरकोट । जाजरकोटमा बाेलेराे जिप दुर्घटना हुँदा ११ जनाकाे मृत्यु भएका छ ।

सोमबार दिउँसो साढे ४ बजे छेडागाड नगरपालिका–४ स्थित खातिजेवाबाट सोही नगरपालिकाको वडा नम्बर ५ मा रहेको नगर अस्पतालमा उपचारको लागि बिरामी लिएर जाँदै गरेको जीप दुर्घटना भएको हो ।

प्रदेश ०२-००१ च ०४२९ नम्बरको बोलेरो जीप भिरबाटी भन्ने स्थानमा अनियन्त्रित भएर २०० मिटर तल खसेको थियो ।

मृतकको नामावली 
१)चालक मानबहादुर रावत –भगवतीमाई गाउँपालिका– २ दैलेख
२)अम्मर बहादुर खड्का – भगवतीमाई गाउँपालिका दैलेख
३)सुरेन्द्र केसी– भगवतीमाई –३ दैलेख
४)वीर बहादुर खत्री –छेडागाड नगरपालिका–६ जाजरकोट
५)जयकुमार बुढा– छेडागाड ५ जाजरकोट
६)नैसरा अधिकारी– छेडागाड ५ जाजरकोट
७)राम बहादुर बुढा – छेडागाड ६  जाजरकोट
८)दीपक अधिकारी– छेडागाड ५ जाजरकोट
९) देवीसरा बुढा –छेडागाड ५ जाजरकोट
१०)अम्मर बहादुर अधिकारी–छेडागाड ५ जाजरकोट
११)निशा अधिकारी  –छेडागाड जाजरकोट
घाइते छेडागाड – २ का जयनाथ अधिकारीलाई उपचारका लागि नेपालगन्ज पठाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।