डोल्पामा एकीकृत समाजवादीको विजयी शुरुवात

सुर्खेत । डोल्पा जिल्लामा नेकपा एकीकृत समाजवादीले विजयी शुरुवात गरेको छ ।

जिल्लाको काइके गाउँपालिका अध्यक्षमा अंगद बुढा र छार्काताङ्सोङ गाउँपालिकामा सोनाम गुरुङ निर्विरोध निर्वाचित भएका छन् ।

पालिका अध्यक्षमा अन्य कुनै पार्टीको उम्मेद्वारी नपरेपछि निर्विरोध निर्वाचित भएको हुन् । यस्तै डोल्पोबुद्ध गाउँपालिका उपाध्यक्षमा पेमा वाङ्जु गुरुङ निर्वाचित भएका छन् ।