वीरेन्द्रनगरमा एमालेको अग्रता

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा नेकपा एमालेले सुरूआती अग्रता लिएको छ । २०० मत गन्दा नेकपा एमालेबाट मेयरका उम्मेदवार मोहन माया ढकालले ११४ मत ल्याएकी छन् ।

यस्तै कांग्रेसबाट मेयरका उम्मेदवार उपेन्द्रबहादुर खड्काले ८५ मत पाएका छन्। राप्रपाबाट मेयरका उम्मेदवार मुकुन्दश्यम गिरीले ४४ मत ल्याएका छन् ।

यस्तै उपमेयरमा एमालेका उम्मेदवार निलकण्ठ खनालले १११ मत ल्याएका छन्। माओवादीका उपमेयरका उम्मेवारले ८१ मत ल्याएका छन् ।वीरेन्द्रनगरमा माओवादी र काँग्रेसबीच गठबन्धन छ।