कालीकाेटका नवनिर्वाचित प्रमुखहरुले सपथ तथा पदभार ग्रहण गरे

सुर्खेत । कालीकाेटका नाै वटै स्थानीय तहका प्रमुखहरुले आज पद तथा गोपनियताको सपथ लिएका छन् । नवनिर्वाचित पालिका प्रमुखहरुलाई जिल्ला न्यायाधीश तथा प्रमुख निर्वाचन अधिकृत लालकाजी श्रेष्ठले उहाँहरुलाई सपथग्रहण गराउनु भएको छ ।

सपथ लिनेहरुमा खाँडाचक्र नगरपालिका प्रमुख कमल शाही, तिलागुफा नगरपालिका प्रमुख शंकरप्रसाद उपाध्याय, रास्कोट नगरपालिका प्रमुख धर्मराज शाही, नरहरीनाथ गाउँपालिका अध्यक्ष नगेन्द्र विष्ट, शान्नीत्रिवेणी गाउँपालिका अध्यक्ष मोहन केसी, पलाँता गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर रोकाया, पचालझरना गाउँपालिका अध्यक्ष देवजङ शाही, शुभकालिका गाउँपालिका अध्यक्ष गोविन्द्र आचार्य र महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिहंले शपथ लिनुभएको हो ।

यस्तै आज शपथसँगै तत्काल पदभार ग्रहण गर्नेमा खाँडाचक्र नगरपालिका प्रमुख कमल शाही, तिलागुफा नगरपालिका प्रमुख शंकरप्रसाद उपाध्याय, रास्कोट नगरपालिका प्रमुख धर्मराज शाही हुनुहुन्छ । यस्तै नरहरीनाथ गाउँपालिका अध्यक्ष नगेन्द्र विष्ट, शान्नीत्रिवेणी गाउँपालिका अध्यक्ष मोहन केसी, महावै गाउँपालिका अध्यक्ष खेमवहादुर सिहंले पनि पदभार ग्रहण गर्नुभएको छ ।