रुकुम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा अविवाहित ४० वर्ष माथिका महिलालाई सामाजिक सुरक्षा भत्ता दिने भएको छ ।
गाउँपालिकाको पहिलो कार्यपालिका बैठकले ४० वर्ष माथि भएर पनि विवाह नगरेका महिलालाई सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको हो ।
यस्तै आकस्मिक दुर्घटना, गर्भवती, सुत्केरी तथा गरिबीको रेखामुनि रहेकाहरुले निःशुल्क एम्बुलेन्स सेवा पनि पाउने छन् ।
गाउँपालिकाका बासिन्दालाई सहज सेवा प्रवाह गर्नका लागि र केही राहत होस भन्दै आकस्मिक दुर्घटना, गर्भवती, सुत्केरी तथा गरिबीको रेखामुनि रहेकाहरुले निःशुल्क एम्बुलेन्स सेवा पनि पाउने गाउँपालिकाका अध्यक्ष विर्खबहादुर विष्टले जानकारी दिए ।
ए.के. सञ्चार । १६ जेष्ठ २०७९, सोमबार १९:४१