बंगलादेशमा हमला, प्रहरी र प्रदर्शनकारीबीच झडप हुदा एकजनाकाे ज्यान गर्याे

काठमाण्डाै । बंगलादेशमा दुर्गा पूजा समारोह र मन्दिरमा भएको हमलापछि देशका विभिन्न ठाउँमा हिंसा भड्किएको छ । ठाउँ ठाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको र आज ढाकामा थप एकजनाको ज्यान गएको बीबीसीले जनाएको छ ।

राजधानी ढाकामा हिन्दू समुदायका घर पसललाई निशाना बनाएर आक्रमण भइरहेका खबरमा उल्लेख छ । यस्तै कयाैँ गाडीमा तोडफोड र आगजनी भएका छन् । प्रदर्शनकारीले भारतविरोधी नारा लगाएका र बंगलादेशकी प्रधानमन्त्री शेख हसिना भारतसँग झुक्दै गएको आरोप लगाएका छन् ।

गएको बुधबार एक दुर्गा पूजा समारोहमा कुरानको अपमान भएको हल्ला समाजिक सञ्जालमार्फत फैलिएपछि हिंसा सुरु भएको बीबीसीले जनाएको छ । बुधबार नै ४ जनाको ज्यान गइसकेको थियो । हिंसा फैलिएपछि गृह मन्त्रालयले २२ वटा जिल्लामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ ।