कालीकोट । कालीकोटको खाँडाचक्र नगरपालिकामा खोला तर्ने क्रममा बाढीले बगाउँदा एक जनाको ज्यान गएको छ।
बुधवार (हिजो) खोला तर्ने क्रममा बाढीले बगाउँदा खाँडाचक्र नगरपालिका-२ का ४४ वर्षका खड्के विकको ज्यान गएको कालीकोटका सहायक प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद प्याकुरेलले जानकारी दिए ।

विकलाई खोला तर्ने क्रममा बाढीले बगाएको प्याकुरेलले बताए।

प्रकाशित मिति : २०७९ असार २ गते बिहीबार








