सुर्खेत । सुर्खेत जिल्लाको पश्चिम क्षेत्रमा अवस्थितचौकुने गाउँपालिकाले करार कर्मचारीलाई हटाएको छ । असार ३१ गतेको निर्णयअनुसार पालिकामा कार्यरत कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेको हो ।
वडा कार्यालय अन्तर्गतका २५ र पालिकामा कार्यरत २० जना करार कर्मचारीलाई हटाएको हो । पालिकाले करार कर्मचारीहरुको लिस्ट बनाएर नै सार्वजनिक गरेको छ ।पालिका अन्तर्गत ७ वटा त कार्यालय सहयोगी मात्रै छन् भने एक जना प्रेस सहयोगी, जेसिबी, टिप्पर, एक्साभेटर देखि पशु प्राविधिकहरुको रहेका छन् ।
ए.के. सञ्चार । २ श्रावण २०७९, सोमबार १६:५०