प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जानु पर्ने पूर्व प्रधानमन्त्री भट्टराईको भनाई

काठमाडौं । प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जानु पर्ने पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले बताएका छन् । आज समाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै भट्टराईले पूर्वप्रधानमन्त्रीहरुलाई हराउने अभियानप्रति लक्षित गर्दै नेतृत्वप्रति नयाँ पुस्ताको आक्रोश नाजायज नभएको जिकिर गरेका छन् ।

वर्तमान निर्वाचन प्रणालीबाट जो प्रधानमन्त्री भए पनि निस्कने यही फोहर भएको उनले टिप्पणी गरेका छन्। त्यसका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा जानु पर्ने उनको मत छ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् , नेतृत्वप्रति नयाँ पुस्ताको आक्रोश नाजायज छैन,तर दुई कुरामा ध्यानदिनु पर्ला –१, हात्ती र हात्तीछाप चप्पल उस्तैउस्तै हैन, २–यो खिचडी संसदीय र निर्वाचन प्रणालीको थोत्रो मेशिनबाट जो प्रम भए पनि निस्कने यही फोहर हो। अतःप्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जाऊॅ न ।