नहरमा डुबेर दाङमा तीन वर्षीया बालिकाको मृत्यु

दाङ। नहरमा डुबेर दाङमा तीन वर्षीया बालिकाको ज्यान गएको छ । घोराही उपमहानगरपालिका–१० चारबगियाँकी बिन्दु पुनकी ३ वर्षीया छोरी लिबिसा पुनको नहरमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

बालिकाको हिजो बेलुका नहरमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ ।