एक पटकको भत्ताले जिन्दगीभर सत्ता चल्दैन:  विश्वप्रकाश शर्मा 

सुर्खेत । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमालेले जनतालाई लोभमा पारेर मत असुल गर्ने गरेको बताएका छन् । उनले सामाजिक सुरक्षा भत्तालाई मुख्य हतियार बनाएर एमालेले जनतासँग मत असुल गर्ने गरेको बताएका हुन् ।


सोमबार पश्चिम सुर्खेतको पञ्चपुरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै भने,‘ भत्ता दिन एमालेले सुरुवात गरे पनि त्यसलाई एक सय बाट तिन सय काँग्रेसले बनाएको हो ।  काँग्रेसले जस्ता काम गरे पनि जनतालाई बुझाउन नसकेको टिप्पणी गरे । शर्माले भने, ‘एक पटकको भत्ताले जिन्दगीभर सत्ता चल्दैन एमालेलाई व्यङ्गे गरेका छन् ।

काँग्रेसले तिन सयदेखि २ हजारसम्म भत्ता बढाएको उनले भने, ‘आफूले गरेको कामको भाग खोज्न आग्रह गरेका छन् । शर्माले अब काँग्रेस नयाँ ढङ्गले अघि बढ्नुपर्ने बताए । उनले काँग्रेसले बहुमत ल्याउने गरी लाग्नुपर्ने जनाएका छन्  । काँग्रेस देशकै ठुलो पार्टी भए पनि आफ्नै कमजोरीका कारण सत्तामा जान नसकेको जिकिर गरे । उनले भने, अब काँग्रेस समयमा सुधारिनु र बदलिनु पर्ने समय आएको छ ।’