सुर्खेत ।नेकपा एमालेका उम्मेदवार दलबहादुर साउद बाजुराको बुढीगंगा नगरपालिका–१० मा निर्वाचित भएका छन्।कांग्रेसका मोहनबहादुर बुढालाई पराजित गर्दै साउद विजयी भएका हुन्।
विजयी दलबहादुर साउदले ५ सय ४८ मत ल्याए भने मोहनबहादुर बुढाले ४ सय ९१ मत प्राप्त गरे।नगर प्रमुखमा भने एमालेबा रामबहादुर बाँनिया कांग्रेसबाट रंगबहादुर खाति चुनावी प्रतिस्पर्धामा छन्। यसअघि बुढीगंगा–१ मा पनि एमाले विजयी भइसकेको छ।
ए.के. सञ्चार । २५ असार २०७९, शनिबार ०७:२९