जुम्लाका १४ जना किसानले पाए मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार

सुर्खेत। जुम्लामा १४ किसानलाई मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार प्रदान गरिएको छ । चौध जना किसानले मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार पाएका छन् । कृषि विकास कार्यालय जुम्ला र पशु अस्पताल तथा पशु सेवा कार्यालय ,जुम्लाको मूल्यांकनका आधारमा किसानलाई उत्कृष्ट पुरस्कार प्रदान गरेको हो।

जिल्ला समन्वय समितिका प्रमुख गौरिनन्द आचार्यले कृषि तर्फ सात र पशु तर्फ सात जनालाई पुरस्कार प्रदान गरेका हुन्। जुम्लाका ८ वटै स्थानीय तहका कृषकहरू पुरस्कृत भएका हुन्। उनीहरुलाई नगद १० हजार रुपैयाँ र प्रमाणपत्र उपलब्ध गरिएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ।