दुर्घटनामा परी पत्रकारको मृत्यु भएपछि वीरेन्द्रनगरमा तनाव, आफन्तले क्षतिपूर्ति नपाए आन्दोलन जारी राख्ने चेतावनी

सुर्खेत । दुर्घटनाबाट मृतक पत्रकार खिमप्रसाद पोखरेलका आफन्तले आन्दोलन गरेपछि पिपिराचोक तनाग्रस्त भएको छ । वीरेन्द्रनगर सुर्खेत स्थित पिपिराचोकमा मृतक पत्रकार पोखरेलका परिवार तथा आफन्तहरुले दोषीलाई कारबाही र क्षेतिपुर्तिको माग गर्दै आन्दोलन गरेका हुन् ।

सडकमा टायर बालेर र नारा जुलुसले यातायातका साधन आवतजावतमा अवरोध गरेका छन् । प्रहरीले अश्रु ग्याँस प्रहार गर्दा एकजना घाइते भएका छन् । क्षतिपूर्तिको माग गर्दै स्थानीयले सडक अवरोध गरेका छन् ।

मृतकका आफन्तले क्षतिपूर्ति नपाउँदा सम्म आन्दोलन जारी राख्ने मृतकका आफन्त खुमप्रसाद मरासिनिले बताए । आइतबार दिउँसो सुर्खेत दैलेख सडक खण्ड अन्तर्गत कपासे नजिक दुर्घटनामा परी मोटरसाइकलमा सवार पोखरेल घाइते भएका थिए । घाइते पोखरेलको उपचारका क्रममा मृत्यु भएको थियो ।

उनका परिवार र आफन्त भने सत्य तथ्य छानबिन गरी पीडितलाई न्याय दिनुपर्ने भन्दै सडकमा उत्रिएका छन् ।