निर्वाचन सम्बन्धी केही कानुनको गृहकार्य जारी छ–कानुनमन्त्री शर्मा

काठमाडौं ।निर्वाचन सम्बन्धी कानुनलाई संशोधन गर्न सरकार तयार रहेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाको भनाई छ ।

आज प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री शर्माले निर्वाचन सम्बन्धी कानुनको संशोधनका लागि सरकार तयार रहेको बताएका छन् । मन्त्री शर्माले त्यस सन्दर्भमा निर्वाचन आयोगले गृहकार्य गरिरहेको जानकारी दिएका छन् ।

लैंगिक समानता र समावेशिताको प्रतिकूल रहेको नेपालका कानुनहरुमा सरकारले विगतदेखि नै संशोधन गर्दै आएको उल्लेख गर्दै निर्वाचनको प्रयोजनको सन्दर्भमा लैंगिक समानता र समावेशिताको अनुकूल नै कानुन परिमार्जन गर्ने सरकारको नीति रहेको मन्त्री शर्माले स्पष्ट पारेका छन् । । उनले निर्वाचन सम्बन्धी केही कानुनको गृहकार्य जारी रहेको निर्वाचन आयोगले पनि त्यसमा काम गरिरहेको बताएका छन् ।