आफ्ना नागरिकलाई युक्रेनको यात्रा नगर्न भारतको अनुरोध

  ।   ३ कार्तिक २०७९, बिहीबार ०८:४०

भारत। भारतले बुधवार एक एडभाइजरी जारी गर्दै आफ्ना सबै नागरिकहरूलाई युक्रेन यात्रा नगर्न अनुरोध गरेको छ । युक्रेनको सुरक्षा अवस्था थप बिग्रिएको भन्दै भारतले यस्तो एडभाइजरी जारी गरेको हो ।

युक्रेनमा रहेको भारतीय दूतावासले आफ्नो ट्वीटर ह्यान्डलमा भन्यो, “बिग्रिएको सुरक्षा अवस्था र युक्रेनमा हालै बढेको शत्रुतालाई ध्यानमा राख्दै, भारतीय नागरिकहरूलाई युक्रेन यात्रा नगर्न सल्लाह दिइन्छ । “आफ्ना नागरिकलाई सचेत गर्दै ट्वीटरमा अगाडि भनिएको छ, ‘हाल युक्रेनमा रहेका विद्यार्थीहरू सहित भारतीय नागरिकहरूलाई उपलब्ध माध्यमबाट चाँडो भन्दा चाँडो युक्रेन छोड्न सल्लाह दिइन्छ,।’

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार चार युक्रेनी क्षेत्रहरूमा मार्शल ल लागू गरेपछि यो सल्लाह आएको हो । युद्ध चर्किने सम्भावना बढिरहेका बेला खेर्सनबाट मानिसहरू सुरक्षित क्षेत्रतर्फ बढेका प्राप्त विवरणहरुमा जनाइएको छ ।

Next Post

नवौं राष्ट्रिय खेलकुद आज समापन हुँदै, दशौं संस्करण कर्णालीमा हुने

३ कार्तिक २०७९, बिहीबार ०८:४०
सुर्खेत । आज गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन हुँदैछ । राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरा रंगशालामा आज विशेष समारोहबीच समापन गरिनेछ ।समापनमा समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थिति हुने आयोजकले जनाएको छ । राष्ट्रिय खेलकुद ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराका साथ असोज २८ गते औपचारिक उद्घाटन भएको थियो […]