आज थप २ सय ६३ जनामा कोरोना संक्रमणको पुष्टी

सुर्खेत। पछिल्लो २४ घण्टामा थप २ सय ६३ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ। ३ हजार १ सय ६५ जनामा गरिएको परीक्षणमा २ सय ६३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । ५ हजार ४ सय ३४ जना देशभर संक्रिय संक्रमित रहेका छन् ।

सोही अवधिमा देशभर ५ सय १ जना कोरोनामुक्त भएका छन्।२४ घण्टाको अवधिमा संक्रमणबाट २ जनाको मृत्यु भएको छ। अहिलेसम्म देशभर संक्रमणबाट ११ हजार ९ सय ८६ जनाको मृत्यु भएको छ।