कर्णालीका मुख्यमन्त्रीले जीवनबहादुर शाहीले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाएका छन् । बुधबार (आज) कर्णाली प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले माओवादी, कांग्रेस, नेकपा एकिकृत समाजवादी र राप्रपा गरि २२ जना सांसदको समर्थन पाएका हुन् ।

सत्ता समीकरण अनुसार माओवादीका १२, कांग्रेसका ६, नेकपा समाजवादीका ३ र राप्रपाका १ गरि २२ जना सांसदले मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएका हुन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका कुनै पनि सांसद प्रदेशसभा बैठकमा उपस्थित भएनन् ।

प्रतिपक्षी सांसदले मतदान नगरेपनि मुख्यमन्त्री शाहीले विश्वासको मत पाएका हुन् । गएको कात्तिक १६ गते मुख्यमन्त्रीको शपथ खाएका शाहीले ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने प्रावधानका कारण आज विश्वासको मत लिएका हुन् ।