हेर्नुहोस् आजको राशिफल

काठमाडौं । आजको पात्रोः२१ भदौं २०७९, मंगलबार । सेप्टेम्बर महिनाको ६ तारिक २०२२ । भाद्रशुक्लपक्ष एकादशी आजको एकादशीलाई हरिपरिवर्तिनी एकादशी भनिन्छ । एकादशीको व्रत सनातनीले अन्न भोजन ग्रहण गदैंनन् । एकादशीको दिन फलाहार गर्ने गर्दछन् ।आज पूर्वषाढा नक्षत्र, गर करण, आयुष्मान योग, चन्द्रमा धनु राशिमा रहेको छ । आज विहान सूर्योदय ०५:४६ मा हुनेछ भने सूर्यास्त ६:२१ मा हुनेछ ।

मेष
मेष राशि भएका जातको लागि हरेक मंगलवारको दिन नयाँ कामको शुरुवात गर्न सक्नेछन् । धनलाभ, स्वास्थ्यमा प्रतिकुलता र विजयप्राप्त हुनेछ । शत्रुमाथिको विजयप्राप्ति हुने भएपनि आर्थिक व्याय र हानी हुने देखिन्छ । विलासिताको सामान खरिद र यात्रामा जाँदा अर्थहानी हुने संभावना रहन्छ । आजको दिन ऋण नलिनु होला ।

वृष
अध्ययन अध्यापनमा समय दिनुभयो भने मनमा चिन्ता हटने छ । आजको दिन यात्रा गर्न खोज्नु भएको छ भने त्यति फलदायी भन्दा यात्रा कष्टकर हुनेछ । यदी यात्रा गर्नै पर्ने छ भने पूर्व दिशा तर्फ फर्केर यात्रा शुरुवात गर्नुहोला । सामाजिक सेवा र अध्यात्म सेवाको काममा मन लगाउनु होला । बालक, बृद्धलाई भोजन र बस्त्र दान गर्नुभयो भने तपाईको मन खुसी हुनेछ ।

मिथुन
आजको दिन परिवार र आफन्तजनमा विवाद हुनसक्छ । त्यसैले मिथुन राशि भएका जातकले आजको दिन मौन रहनु ठीक होला । ब्यापार ब्याबसायमा रहेका साझेदारसँग अनावश्यक विवाद उत्पन्न हुनसक्छ त्यसैले मौन रहेर काम गर्दा तपाईलाई निकै फाइदा हुन्छ । आवश्यक भन्दा बढी नबोल्ने,आफ्नो नियमित काम मात्र गर्ने ।

कर्कट
तपाईको लागि आजको दिन अनुकल देखिन्छ । धनप्राप्तिको योग छ । नयाँ वस्त्र खरिद गरेर लगाउन सक्नुहुनेछ । आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ । निराशा हटेर आशाका किरणहरु फैलने छन् । अर्थकारोबार गर्दा विचार गर्नुहोला । कसैलाई दिनुभएको सापटी रकम समेत तपाईले पाउनुहुनेछ । कसैमाथि नकारात्मक सोचर काम नगर्नुहोला ।

सिंह
आजको दिन तपाईले घर परिवार र मित्रहरुसँग अनावश्यक विवाद हुनसक्छ त्यसैले सिह राशिका जातकले विचार गर्नुहोस् । लामो दुरीको यात्रा पनि नगर्दा वेश हुनेछ । स्वास्थ्यमा प्रतिकुल असर र आर्थिक व्यय हुने संभावना बढी छ । अध्ययन अध्यापनको काममा बाधा उत्पन्न हुनसक्छ । तपाईले विश्वास गरेको मित्रबाट तपाईलाई धोका हुनसक्छ । परिवारका सदस्यहरुसँग विवाद हुनसक्छ ।

कन्या
दाम्पत्य जीवनमा सुख, समृद्धि हुने योजना तय हुन सक्छ । मंगलवारका दिन कुनै नयाँ काम शुरुवात र मान सम्मान समेत मिल्नेछ । तपाईले गरेको कामको मान सम्मान र व्यबसायमा समेत सोचेभन्दा बढी फाइदा हुनेछ । आजको दिन तपाईले केही कन्याहरुलाई फलफूल उपहार दिनु भयो भने तपाईको मनमा प्रशन्नता छाउनेछ ।

तुला
आजको दिन त्यति समय अनुकुल देखिदैन । अनावश्यक यात्रा र अनावश्यक खर्च ब्यबभार बढ्ने छ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । परिवारका सदस्यहरुमा समेत स्वास्थ्य समस्या हुनसक्छ त्यसैले आजको दिन तुला राशिको जातकहरुले कुनै पनि काम गर्दा ध्यान दिनुहोला । तपाईले सोचअनुसार काम नहुँदा तपाईको मनमा अनेक प्रश्नहरु उठनसक्छन् ।

वृश्चिक
ब्यापार ब्याबसायबाट लाभ हुने देखिन्छ । स्त्रीबाट साथ सहयोग मिल्नेछ । घरबाट बाहिर निस्कदा आमा, श्रीमति, छोरीहरुलाई जानकारी दिएर काममा निस्कनु भयो भने आजको दिन तपाईको कार्य सफलता मिल्नेछ । आफन्त र मित्रजनहरुले भेटघाट र भोजनका लागि अनुरोध समेत गर्नेछन् । सरकारी काममा अवरोध आएको छ भने आजको दिन जानु भएमा काम छिटो हुनसक्छ ।

धनु
तपाईले गरिरहनु भएको कामबाट आजको दिन सफलता मिल्नेछ । तपाईलाई साथ सहयोग दिने कुनै एकजना मित्र र आफन्तलाई आजको दिन भेट गर्नुभयो भने तपाईलाई सकारात्मक उर्जा भरिने छ । आजको दिन कसैलाई धन सापटी दिनुभयो भने फिर्ता हुने संभावना कम हुन्छ । व्यापार ब्यबसायमा तपाईले गरेको लगानीमा राम्रो प्रतिफल प्राप्त हुनेछ । चन्द्रमाको साथ रहेको छ ।

मकर
मकर राशिका जातकले आजको दिन अध्यात्मिक कार्य गर्दा मनमा प्रसन्नता छाउने छ । आजको दिन तपाईले जे सोचेर काम गर्नुहुन्छ सफल हुनेछ । तपाईले आज आफ्नो बसोबास भएकोे स्थानमा रहेको मठ मन्दिर वा गणेशको मन्दिरको दर्शन र हुनमान चालिसा पाठ गर्ने वा सुन्ने मात्रले पनि तपाईलाई उर्जा थप हुनेछ ।

कुम्भ
समय गणना अनुसार आजको दिन अनुकुल देखिदैन, नियमित काम बाहेक अन्य काममा त्यति ध्यान नदिनु होला । यात्रा गर्नुभन्दा पहिले पूवै तयारी गर्नुहोला । आकस्मिक समस्या र मनमा अशान्त छाउने छ । तपाईले सोचअनुसारको काममा कठिनाई हुनेछ । यदी व्यापार ब्याबसायमा हुनुहुन्छ भने धैर्यपूर्वक कार्य गर्नुहोला । आजको दिन तपाईले बालकलाई भोजन गराउनु भएकामा मनमा शान्ति मिल्नेछ ।

मीन
दाम्पत्य जीवनमा सुख प्राप्तिका लागि परिवारका सदस्यहरुसँग यात्रा गर्नुहोला । घरमा खानेकुरा किनेर ल्याइदा परिवारमा हर्ष छाउने छ । मीन राशिका जातकले मंगलवारको दिन लेख्ने र पढ्ने कामको शुरुवात गर्नसक्नुहुन्छ । कुनै नयाँ पुस्तक खरिद, बस्त्र खरिद र दान र शिवालय रदेवालयमा गएर भोकाहरुलाई खानेकुरा खान दिनुभयो भने तपाईको उन्नती र प्रगति हुँदै जानेछ । सिर्जनात्मक कार्यमा सहभागी हुँदा नयाँ उत्साह थपिने छ ।