काठमाडौं । आज पनि महाभियोग खेपिरहेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयान जारी राखिएको छ । संसदको महाभियोग सिफारिस समितिले उनीसँग निरन्तर बयान लिइरहेको छ ।
आज पनि समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्ने र बाँकी रहेका ८ प्रश्नमा जबराको बयान लिने बताइएको छ । सम्भवतः आजै उनको अन्तिम बयान हुने छ । बयान लम्बिएन भने समितिले आजै बयान सकेर बाँकी प्रक्रिया अगाडि बढाउने तयारी गरिरहेको छ ।उनले चौथो दिनको बयान सकिँदासम्म जबराले ३५ प्रश्नको जवाफ दिएका छन् । गत फागुनमा जबराविरुद्ध महाभियोग दर्ता गरिएको थियो ।
ए.के. सञ्चार । २८ भाद्र २०७९, मंगलवार १०:४१