८ आर्थिक बर्षको एकै पटक साधारण सभा गर्दै नेपाल फाईनान्स

काठमाडौं –नेपाल फाईनान्स लिमिटेडको बिगत ८ आर्थिक बर्षको बार्षिक साधारण सभा एकै पटक हुने भएको छ । फाईनान्सको आव ०६८÷६९ देखि आव ०७५÷७६ सम्मको साधारण सभा भदौं ११ गते हुने भएको हो ।
सो दिन काठमाडौंका एल्लो प्यागोडा होटेलमा बिहान ११ बजेदेखि साधारण सभा गरिने भएको कम्पनद्धारा जारी सुचनामा उल्लेख छ ।
सभामा लेखापरिक्षा लगायतका औपचारीक प्रस्तावहरु पेश गरिने छ । सााथै, हकप्रद शेयर निष्काशन, मर्जर सम्बन्धीको प्रस्ताव पनि सभामा पेश गरिने बताइएको छ ।
यस्तै, कम्पनीले साधारणसभा प्रयोजन आगमी साउन २६ गते शेयर दाखिला खारेज (बुक क्लोज) कार्य वन्द गरिने पनि कम्पीले जनाएको छ ।