निर्माण व्यवसायी शाहले पाइन् अन्तर्राष्ट्रिय महिला एचिभर अवार्ड

कालीकाेट । खाडाचक्र नगरपालिका कालीकाेटकी तारा शाहले
नम्बर १ अन्तर्राष्ट्रिय महिला एचिभर अवार्ड जितेकी छन् ।

सुपरस्टार कन्स्ट्रक्सन प्रालिकि प्रबन्ध निर्देशक शाहले क्वीन बुकद्वारा सञ्चालित वुमन आयरन लेडी अफ आउटस्ट्यान्डिङ वुमन एचिभर अवार्ड र आयरन लेडी अफ कन्स्ट्रक्सन विजनेशका क्षेत्रमा उत्कृष्ट महिला अवार्ड जितेकी हुन् ।

यो अवार्ड महिलाहरुकाे क्षेत्रमा उत्कृष्टता हासिल गर्ने व्यक्ति वा संस्थाका सदस्यलाई सम्मानित प्रदान गर्ने गरेकाे आयाेजकले जनाएको छ ।

संस्थाले राष्ट्रिय र अन्तर्राष्ट्रिय निकायहरूसँग अन्तरक्रिया गर्ने मौका दिने, विश्वस्तरीय सदस्यहरुकाे सामु अवार्ड विजेतालाई उजागर गर्ने, विजेतालाई क्रेडिट थप्ने, क्वीन बुक महिलाहरूको अथक प्रयास, कडा मेहनत, आत्मविश्वास, र उपलब्धिलाई सम्मान गर्ने गरेकाे छ ।

अवार्ड विजेताले क्राउन, प्रमाणपत्र, ब्याज, ट्रफी र उपलब्धि पदक पाउनेछन् ।

अवार्ड बिजेताले विभिन्न सुविधा पाउनेछन् । जसमा मुकुट, अन्तर्राष्ट्रिय उपलब्धि ट्रफी, विश्वव्यापी रूपमा सम्मानित प्रमाणपत्र, अन्तर्राष्ट्रिय पुरस्कार सुरक्षित गर्न पदक, रानी पुस्तकमा लेख पोस्ट गर्ने अवसर, रानी पुस्तक सम्मेलनमा भाग लिन अनुमति, रानी पुस्तकमा म्यागजिन विमोचन, पुरस्कार विजेताको लागि बोनाफाइड पत्र, उत्कृष्ट ब्याज, उच्च गुणस्तर अन्तर्राष्ट्रिय मानक पदक, अवार्डिङ पलका तस्बिर र भिडियोहरू, सम्मेलन किट, प्रेस भेट र अन्तर्वार्ता प्रवर्द्धन, आजीवन सदस्यता, सामाजिक मिडिया प्रचार, आधिकारिक चयन निमन्त्रणा कागजात, कम्पनीको नाम र व्यापार नाम प्रवर्द्धन, भिडियो मुख्य नोट प्रचार, समाचार विज्ञप्ति, ब्यानर विमोचन, अनलाइन प्रेस विज्ञप्ति, सामूहिक तस्विर खिच्दै, नेटवर्किङ डिनर रहेका छन् ।

काे हुन् शाह ?
अछाम जिल्ला विनायक नगरपालिका-१ मा २०३३ सालमा शाहकाे जन्म भएको हाे । कालीकाेट जिल्लाकाे खाडाचक्र नगरपालिका-२ मा रहेकाे पञ्चदेवल उच्च माध्यमिक विद्यालयमा उनले २०४६ सालमा एसएलसी दिएकी थिइन् ।

उनले उच्च शिक्षा काठमाडौंकाे ताहाचल क्याम्पसबाट स्नातकोत्तर गरेकी हुन् ।

शाहले कालीकाेटकाे सदरमुकाममा रहेकाे श्री महादेव आधारभूत विद्यालय बालमन्दिरमा २० बर्ष प्रधानाध्यापकको रूपमा सेवा गरेकी हुन् ।

उनले शिक्षक पेशामा रहँदा नेपालको दुर्गम क्षेत्रहरूमा विकासको अत्यावश्यक महसुस अझै पनि रहेकाे शाहले बताइन् ।

शिक्षा र स्वास्थ्य सेवाको पहुँचमा महिलाहरूले सामना गर्नु परेको संघर्षको साक्षीले राष्ट्रको उन्नतिमा योगदान गर्ने जोश लागेकाे उनकाे भनाइ छ ।

कर्णाली क्षेत्रको कालीकोट जस्ताे दुर्गम जिल्लाहरूमा महिलाहरूले शिक्षा र स्वास्थ्य सेवामा विभिन्न समस्याहरु भाेग्नु परेकाे उनले भनिन्` कर्णालीका दुर्गम ठाउँमा अझै पनि नुन पाउन हम्मेहम्मे हुन्छ । यहाँका महिलाहरुकाे दैनिकी मेलापात र घरायसी कामकाजमा नै व्यस्त हुने गरेका छन् । हिमाली क्षेत्रका महिलाको विकास र सशक्तिकरण टाढाको सपना जस्तो देखिन्छ ।`

शाहसँग निर्माणका क्षेत्रमा १६ बर्षकाे अनुभव रहेकाे छ । यी बर्षहरुमा उनले नेपाल सरकारसँगको सम्झौताअनुसार कर्णाली प्रदेश भित्रका अस्पताल, सडक र पुल निर्माणमा संलग्न रहेकी छन् ।

निर्माण क्षेत्रमा उनले धेरै चुनाैतीहरु सामाना गर्नु परेकाे बताइन् । उक्त चुनाैतीहरु आफ्नाे सिकाइकाे रुपमा लिएकाे उनकाे भनाइ छ ।

शाहले सन् २००३ मा शिक्षकमा रहँदा जापान भ्रमण गरेकी छन् । यस्तै, सन् २००६ मा नेपाल रेडक्रस साेसाइटी कालीकाेट शाखाकाे मन्त्री हुँदा चीन भ्रमण गरेकी छन् ।

साथै, उनले सन् २००८ मा सुपरस्टार कन्स्ट्रक्सन प्रालि स्थापना गरिन् । शाहले सन् २०१८ र २०२३ मा प्रतिष्ठित राष्ट्रिय महिला सम्मान र सन् २०२१ मा एशियाली पुरस्कार सहित विभिन्न पुरस्कारबाट सम्मानित भएकी छन् ।

शाह राजनीति क्षेत्रमा पनि उतिकै अग्रसर रहेकी छन् । राजनीतिक हस्तक्षेप न्यूनीकरण र विकासका पहलहरूलाई सहजीकरण गर्दै उद्योगीहरूलाई सरकारी सहयोगको वकालत गर्ने शाहकाे भनाइ छ ।

उनले आफ्नाे कम्पनीलाई ए-ग्रेड स्थितिमा पुराउने र नेपालमा थप प्रभावकारी निर्माण परियोजनाहरू सञ्चालन गर्ने लक्ष्य रहेकाे बताइन् ।