फाइजर खोप अभियान सुर्खेतमा स्थगित

सुर्खेत । पुस १३ गतेदेखि सञ्चालन गर्ने भनिएको फाइजर खोप अभियान सुर्खेतमा स्थगित भएको छ । १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लागाइने फाइजर खोपको कार्यतालिका केही दिनका लागि स्थगित भएको हो ।

जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख चेतननिधि वाग्लेका अनुसार अभियानको मिति तय भएपछि पुनः सूचना सार्वजनिक बताए ।

कर्णालीका अन्य ९ जिल्लामा भने बालबालिकाका लागि मोडर्ना खोप अभियान सञ्चालन भएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई विद्यालयमै केन्द्र स्थापना गरी खोप लगाउने व्यवस्था मिलाइएको जनाएको छ ।