सुर्खेतमा विशेष समारोहको आयोजना गरि संविधान दिवस मनाइयो

सुर्खेत । देशभर सोमबार संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सोही क्रममा सुर्खेतमा पनि विशेष समारोहको आयोजना गरि संविधान दिवस मनाइएको छ । जनताबाट निर्वाचित जनप्रविधिबाट गठन भएको संविधानसभाबाट २०७२ असोज ३ गते संविधान जारी भएको दिन हो । नेपालको संविधान २०७२ लाई तत्कालीन राष्ट्रपति रामवरण यादवले संविधान जारी गरेका थिए ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित मंगलगढीबाट शुरु भएको र्याली बजार परिक्रमापछि सिटी हलमा पुगेको हो । समारोहमा प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालसहित प्रदेश मन्त्री, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रसेवक कर्मचारी लगायको उपस्थिति रहेको छ ।दिवसका अवसरमा आज सरकारले मुलुकभर सार्वजनिक बिदा पनि दिएको छ । सङ्घीयतापछि पहिलो निर्वाचन २०७४ मा भएको थियो ।