आज गठबन्धनले पोखरा र दाङमा चुनावी सभा गर्दै

काठमाडौं । आज चुनावी गठबन्धनमा आबद्ध नेपाली कांग्रेसलगायत पाँच दलले कास्कीको पोखरा र दाङको तुलसीपुरमा आमसभा गर्दैछन् । निर्धारित कार्यतालिका अनुसार बिहान ११ बजे पोखरा र दिउँसो २ बजे तुलसीपुरमा कार्यक्रम हुनेछ ।

सभालाई नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताले सम्बोधन गर्नेछन् । आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर विभिन्न पार्टीले विभन्न स्थानमा आमसभा गरिरहेका छन् ।