सुर्खेत। आज विश्व पर्यटन दिवस हो । हरेक वर्ष सेप्टेम्बर २७ मा पर्यटन दिवस मनाउने गरिन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी विश्व पर्यटन दिवस मनाईंदैछ । ‘पर्यटनमा पुनर्विचार गरौ’ भन्ने मूल नारासहित विश्वभर ४३ औँ पर्यटन दिवस मनाउन लागिएको हो ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीबाट पर्यटन क्षेत्र प्रभावित भएको र अहिले पुनरुत्थानको चरणमा रहेको अवस्थामा दिवसलाई नयाँ अवसरको पहिचान र उपयोगमा जोड दिएर मनाउन लागिएको हो । नेपालमा पर्यटन क्षेत्र अर्थतन्त्रको महत्वपूर्ण आधारका रुपमा रहेको छ ।
भौगोलिक विविधता, प्राकृतिक सुन्दरता, ऐतिहासिक, धार्मिक पर्यटकीय गन्तव्य तथा पुरातात्विक सम्पदाको धनी नेपालमा पर्यटन क्षेत्रको सम्भावना उच्च छ । त्यस्तै पर्यटन दिवसको अवसरमा ललितपुरमा बृहत् सांस्कृतिक मेला ललित कार्निभलको आयोजना गरिएको छ
ए.के. सञ्चार । ११ आश्विन २०७९, मंगलवार ०९:४२