एमालेको प्रशिक्षण कार्याक्रम सुर्खेतको सभाहलमा शुरू

सुर्खेत । शनिबार दिउँसो करिब १२ बजेदेखि नेकपा (एमाले)को प्रशिक्षण कार्याक्रम शुरू भएको छ । एमालेको प्रशिक्षण कार्याक्रम सुर्खेतको सभाहलमा शुरू भएको हो ।

एमाले सुर्खेत जिल्ला कमिटी र प्रदेश कमिटिले आयोजना गरेको बृहत कार्यकर्ता प्रशिक्षण कार्यक्रममा एमालेका महासचिव शंखर पोखरेल, स्थायी किमिटि सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेल लगायतका नेताले कार्याक्रर्तालाई प्रशिक्षण दिनेछन् ।प्रशिक्षण कार्यक्रममा प्रदेशस्तरीय नेता–कार्यकर्ताको उपस्थिति रहेको छ ।