प्रदेश अस्पतालमा मृगौला प्रत्यारोपण गरेका विरामी घर फर्किए

सुर्खेत । कर्णाली प्रदेश अस्पतालमा पहिलो पटक मृगौला प्रत्यारोपण गरेका विरामी घर फर्किएका छन् । बिहिबार मृगौला प्रत्यारोपण गरेका विरामी ५ दिन पछि घर फर्किएका हुन् ।

अस्पतालमा गत शनिबार मृगौला प्रत्यारोपण सफल भएको थियो । मृगौला प्रत्यारोपण काठमाडौं र पोखरामा मात्र हुदै आएको थियो अब भने प्रदेश अस्पताल सुर्खेतमा पनि सुरु भएको छ ।

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका विशेषज्ञ डाक्टरहरुको टिमबाट माघ २१ गते कर्णाली प्रदेश अस्पतालमा नवलपरासी जिल्ला बर्दघाट नगरपालिका ४ का ४३ वर्षीया आमाले २२ वर्षीया छोरालाई मिर्गौला दान गरेकी थिइन् । र सोही दिन मृगौलाको सफल प्रत्यारोपण गरिएको थियो ।

आज प्रत्यारोपण गरेको ५ दिन पछि अस्पतालले विरामीलाई डिस्चार्ज गरेको छ । मुगौलाको सफल प्रत्यारोपण भएको साथै विरामी र अंगदाता दुबैको स्वास्थ्य अवस्था राम्रो रहेको कर्णाली प्रदेश अस्पतालका निर्देशक डा। डम्बर खड्काले बताए ।

मृगौलाको सफल प्रयारोपण भएपछि आज घर फर्कदै गरेको विरामीले यस्तो उपकरण र अस्पताल सेवा सोचेको भन्दा पनि राम्रो भएको बताएका छन् । अस्पतालको व्यवस्थापन र स्वास्थ्यकर्मीको व्यवहार राम्रो रहिछ मन पर्यो उनले भने ।, ञ प्रदेश अस्पतालको सेवा ठुला ठुला अस्पतालले दिने सेवा जस्तै लाग्यो ।

यस्तै, विरामीका बुबाले पनि अस्पतालको सेवाबाट निकै खुसी भएको बताए । देशका धेरै असपतालमा धाएको र यो अस्पतालको अवस्था सरसफाई देख्दा निकै राम्रो लागेको साथै स्वास्थ्यकर्मीको व्यवहार पनि मन परेको उनको भनाई छ । सबैभन्दा सबल पक्ष अस्पतालको सरसफाई लागेको उनले बताए ।