काठमाडौं ।नेपाल आयल निगमका डिपो दसैं बिदामा पनि खुला रहने भएका छन् ।पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन डिपो खुला राख्ने निर्णय भएको निगमले जनाएको छ । ती डिपो स्थानीय आवश्यकताका आधारमा खुला हुनेछन् ।
कार्यतालिका प्रकाशित गरिएको छ ।इन्धनको आपूर्ति तथा उपलब्धतामा समस्या देखिए तत्काल सम्पर्क गर्न फोन नम्बरसमेत उपलब्ध गराइएको छ ।
ए.के. सञ्चार । १४ आश्विन २०७९, शुक्रबार ०६:४१