दाङ । दाङमा डुबेर दुई जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका–४ अर्नहवा निवासी १३ बर्षिय ललित परियार र १० बर्षिय अजित विक रहेको सशस्त्र प्रहरी बल नेपाल ४१ नम्बर रिजर्भ गण अर्जुनखोलाका प्रहरी नायव निरिक्षक प्रकाश जैसी ढकालले जानकारी दिए ।
आज दिउँसो पाँच जना साथि मिलेर लमही नगरपालिका वडा नम्बर ६ स्थित अर्जुनखोलमा पौडि खेल्न गएका मध्य दुई जनाको मृत्यु भएको हो ।
नुहाउने क्रममा बालक डुबेको खबर पाएलगत्तै सशस्त्र प्रहरी नायव निरिक्षक ढकालको कमान्डमा उद्धारका लागि शसस्त्र प्रहरकिो टोली घटना स्थलमा पुगेको थियो ।
ए.के. सञ्चार । १८ आश्विन २०७९, मंगलवार २०:५२