काठमाडौ,।नेपाल राष्ट्र बैङ्कले आज बुधबार अमेरिकी डलर एकको खरिदमूल्य १३१ रुपैयाँ ४१ पैसा र बिक्रीमूल्य १३२ रुपैयाँ १ पैसा निर्धारण गरेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिदमा १२७ रुपैयाँ ५५ पैसा र बिक्रीमा १२८ रुपैयाँ १३ पैसा छ भने युके पाउन्ड स्टर्लिङ खरिदमा १४५ रुपैयाँ २७ पैसा र बिक्रीमा १३५ रुपैयाँ ९३ पैसा छ । त्यस्तै स्वीस फ्र्याङ्क एकको खरिदमूल्य १३१ रुपैयाँ ५९ पैसा र बिक्रीमूल्य १३२ रुपैयाँ २० पैसा रहेको छ ।
त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८२ रुपैयाँ २८ पैसा र बिक्रीदर ८२ रुपैयाँ ६५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ९७ पैसा र बिक्रीदर ९५ रुपैयाँ ४० पैसा छ भने सिङ्गापुरे डलर एकको खरिदमूल्य ९१ रुपैयाँ ३४ पैसा र बिक्रीमूल्य ९१ रुपैयाँ ७६ पैसा,छ । जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २ पैसा र बिक्रीमा ९ रुपैयाँ ६ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ३१ पैसा र बिक्रीदर १८ रुपैयाँ ३९ पैसा र साउदी अरेवियन रियाल एकको खरिददर ३४ रुपैयाँ ९७ पैसा र बिक्रीमा ३५ रुपैयाँ १३ पैसा रहेको छ । त्यसैगरी, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९६ पैसा र बिक्रीमा ३६ रुपैयाँ १३ पैसा रहेको छ ।
उनले गैर आवासीय नेपाली समुदायले विदेशमा नेपालमा उत्पादित वस्तुको उपयोगलाई प्राथमिकता दिन र स्वदेशी उत्पादनहरुको विकास र प्रर्वद्धनमा सहयोग पुर्याउन आवश्यक रहेको पनि बताए । प्रधानमन्त्री देउवाले यसबाट नेपालको श्रम, सीप, कच्चा पदार्थमा आधारित साना तथा मझौला उद्योगहरुको संरक्षणमासमेत टेवा पुग्ने विश्वास व्यक्त गरे ।
ए.के. सञ्चार । २६ आश्विन २०७९, बुधबार १०:०९