पिकनिक खान गएका दुईजना भेरी नदीमा बेपत्ता

सुर्खेत । पिकनिक खान गएका दुई जना भेरी नदीमा पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा वीरेन्द्रनगर नगरपालिका–३ का १८ वर्षीय दिपक थापा र १८ वर्षीय चन्द्र बिसी रहेका छन् ।

शनिबार भेरी नदीमा पौडी खेल्ने क्रममा नदीमा उनिहरु बेपत्ता भएको सशस्त्र प्रहरी वल रक्तकाली गण बागेशीमलका प्रमुख विमल डाँगीले जानकारी दिए ।

डाँगीका अनुसार उनिहरुको समूह भेरीगंगा नगरपालिकाको सत्तरी नजिकै पिकनिक खान गएका थिए ।

बेपत्ताहरुकाे खाेजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बलकाे उद्धार टाेली घटनास्थलतर्फ खटिसकेकाे छ।