पोखरा । विभागिय टोली त्रिभुवन आर्मी क्लबले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा प्रथम भएको छ । ३६ खेलमा ३ सय ९६ स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा आर्मीले १ सय ७२ स्वर्ण पदक सहित उपाधि कब्जा गरी ह्याट्रिक पूरा गरेको हो ।
आर्मीले १ सय ७२ स्वर्ण सहित १ सय ९ रजत ८९ कास्य पदकसहित ३ सय ७० पदक सहित पहिलो पटक निर्माण गरिएको रनिङ ट्रफि प्राप्त गर्यो । आर्मीले यस अघिका सातौं र आठौं संस्करणको उपाधिसमेत जितेको थियो ।
फोटोः अप्सरा बिष्ट
ए.के. सञ्चार । ४ कार्तिक २०७९, शुक्रबार १७:५०