कर्णालीका कराते खेलाडीलाई सामाजिक मन्त्रीद्वारा विदाइ

सुर्खेत । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री टेकराज पछाईले खेलाडीलाई विदाइ गरेका छन् । मंगलबार कर्णाली प्रदेश खेलकुद परिषद्ले राखेको खेलाडीलाई बिदाइ कार्यक्रममा मन्त्री पछाईले बिदाइ गरेका हुन् । काठमाडौको सातदोबाटो ललितपुरमा हुन गैइरहेको दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा सहभागि हुन् खेलाडीलाई बिदाइ गरिएको छ ।

समाजिक विकास मन्त्री टेकराज पछाईले बिदाइ कार्यक्रममा खेलाडीहरुलाई जितको अग्रिम शुभकामना दिए । मन्त्री पछाईले कर्णालीका खेलाडीहरूले कुनैकुनै स्थान ल्याउने छ भन्ने विश्वस्त रहेको बताए ।

नेपाल कराते महासंघ तत्वाधान तथा गोदावरी जिल्ला प्रमुख डोजो ललितपुर लगनखेल को सयुक्त आयोजनामा माघ २६ गते देखि २ गते सम्म हुने कृष्णप्रसाद राई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा कर्णाली प्रदेशका खेलाडीहरु सहभागी हुने भएका छन् । कर्णालीबाट ६ जना महिला र ८ जना पुरुष खेलाडीहरु उक्त प्रतियोगितामा सहभागी हुदैँ छन् ।