सुर्खेत । लागूऔषध मुद्दामा फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले उक्त मुद्दामा फरार प्रतिवादी लिलाराम पुरीलाई पक्राउ गरेको हाे ।
वीरेन्द्रनगर नगरपालिका–११ घर भएका ३१ वर्षीया पुरीलाई जिल्ला अदालत सुर्खेतले लागूऔषध (ब्राउनसुगर) मुद्दामा ४ वर्ष ११ महिना कैद सजाय र पाँच हजार जरिवाना तोकिएको छ ।
उनलाई लागूऔषध नियन्त्रण व्युरो शाखा सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले मंगलबार बिहान ११ बजे पक्राउ गरेको हो ।
पक्राउ गरि प्रहरीले पुरीलाई कैद भुक्तान तथा जरिवाना भुक्तानको लागी सुर्खेत जिल्ला अदालतमा पठाइएको जनाएको छ ।
ए.के. सञ्चार । २२ कार्तिक २०७९, मंगलवार १८:०१