अफगानिस्तानमा भूकम्प जाँदा २६ जनाको मृत्यु

  ।   ४ माघ २०७८, मंगलवार १२:३३

काठमाडौं । अफगानिस्तानमा भूकम्प जाँदा २६ जनाको मृत्यु भएको छ । पश्चिमी अफगानिस्तानमा ५.३ म्याग्निच्युटको भूकम्प जाँदा २६ जनाको मृत्यु भएको समाचार एजेन्सी एएफपीले जनाएको छ ।

बादघिस प्रान्तको कादिस जिल्लामा भूकम्पले धेरै क्षति पुर्याएको छ । भूकम्पका कारण धेरै भौतिक संरचनाहरु भत्किएका छन् । भूकम्पबाट पाँच महिला र ४ बालबालिकासहित २६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

आपतकालीन सन्चालन केन्द्रका प्रमुख मुल्ला जनानले समाचार एजेन्सीलाई दिएको जानकारी अनुसार त्यहाँका ७ सय भन्दा बढी घर क्षतिग्रस्त भएका छन् ।

Next Post

पुलबाट खसेर एक जनाको मृत्यु

४ माघ २०७८, मंगलवार १२:३३
धनगढी । कैलालीको गोदावरी पुलबाट खसेर एक जनाको मृत्यु भएको छ । सोमबार साँझ गोदावरीको काठे पुलमा फोटो खिच्ने क्रममा खसेर गम्भीर घाइते भएका अछामका ३९ वर्षीय रुपराज भाटको मृत्युु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले पुलबाट खसेर घाइते भएका […]