वीरेन्द्रनगरमा राईडिङ्ग शेयर सेवा “आयो क्याब” शुरु

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतकाे वीरेन्द्रनगरमा राइडिङ्ग सेयर सेवा शुरु भएको छ । डिआर इन्फोटेक प्रा.लि. ले डिजिटल प्रविधी मार्फत “आयो क्याव” नामक राइडिङ्ग सेयर सेवा शुरु गरेको हो । इन्फोटेकका अध्यक्ष धर्मेन्द्रजंग शाहीले देशभर नै डिजिटल प्रविधी मार्फत राइडिङ्ग सेयर सेवा शुरु गर्ने उदेश्य राखेर कर्णाली राजधानीबाट आयो क्याव सेवा शुरु गरेका बताए । उनले उने ” अहिले हामी ४ दिनदेखि परिक्षणका रुपमा सेवा शुरु गरेका छौं जस अन्तर्गत अहिले वीरेन्द्रनगरमा २० रुपैयामा यो डिसेम्बर महिना सम्म सेवा दिइरहेका छौ ।”

यो सेवामा अहिले सम्म करिब १ सय ५० जना राइडरहरु समावेस भएको आयो क्याव सुर्खेतका प्रमुख मोहन शाहीले जानकारी दिए । उनले भने “अहिले हामीले २० जना राइडरहरुबाट परिक्षणका रुपमा सेवा शुरु गरेका छौ । हामी चाँडै नै अटो, जिप तथा एम्बुलेन्स लगाएत सेवा दिनकालागि तयारी गर्दैछौ ।”

शाहीका अनुसार राइडर बन्न इच्छुकले मोबाइल नम्बर ९८४८३३०११२० मा फोन गरेर सम्पर्क राख्न सकिने छ ।