वर्तमान राजनीतिक दलहरुले चुनाव जिते पनि देशले कुनै निकास पाउँदैन –बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टी(नेसपा)का अध्यक्ष बाबुराम भट्टराईले वर्तमान राजनीतिक दलहरुले चुनाव जिते पनि देशले कुनै निकास नपाउने उल्लेख गरेका छन् । उनले देशमा अझै पुँजीवादी,साम्यवादी र क्षेत्रीयतावादी पार्टीहरूको प्रभाव बाँकी रहेको र केही समय चुनाव जिते पनि देशले भने कुनै निकास नपाउने तर्क गरेका हुन् ।

त्यसका लागि आफू नेतृत्वमा गठित नेपाल समाजवादी पार्टी रहेक उनको तर्क छ ।नेपाली राजनीतिको आवश्यकता स्पष्ट अग्रगामी विचाररनीति/कार्यक्रम/संगठन/नेतृत्व.व्यवस्थापन/कार्यशैली सहितको पार्टी नेसपा रहेको भट्टराईको भनाइ छ ।