नेपालगञ्ज । नेपालगञ्ज नाकामा एक जनालाई कोरोना देखिएको छ। भारतको सिमलाबाट आएकी जाजरकोटकी ३० वर्षीया महिलालाई कोरोना देखिएको नाकामा रहेको जमुनाहा हेल्थ डेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीले जानकारी दिए ।
५५ जनाको जाँच गर्ने क्रममा एक जनालाई कोरोना देखिएको थियो । नेपालगञ्ज नाकामा बिहीबारदेखि नै कोरोना जाँच सुरु गरिएको छ।
दुवै छिमेकी देश भारत र चीनमा कोरोनाका संक्रमण देखिन थालेपछि नाकामा फेरि कडाई शुरु गरिएको छ। कोरोना देखिएकी महिलालाई सम्झाएर घर पठाइएको छ।
ए.के. सञ्चार । १४ पुष २०७९, बिहीबार १५:२२