भीम रावलद्धारा सांसद पदबाट राजीना

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका छन् ।

उनले आफू राजनीतिको अनैतिक खेलबाट अलग हुन चाहेको भन्दै पुनःस्थापित प्रतिनिधि सभाको बैठक शुरु हुनुअघि राजीनामा दिएका हुन् ।

आज प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुअघि नै अछाम क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित रावलले राजीनामा दिएका छन् ।