माओवादीका शर्मा बन्दै मुख्यमन्त्री

सुर्खेत । अब कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) का राजकुमार शर्मा (आर्ट) मुख्यमन्त्री बन्ने भएका छन् ।

सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकले कर्णालीमा माओवादीको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेसँगै शर्मा मुख्यमन्त्री बन्ने भएका हुन् ।

१३ सिटसहित दोस्रो स्थानमा रहेको माओवादीले दोस्रो पटक पनि सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गरेको छ ।

शर्मालाई पुष १३ गते बसेको माओवादीको प्रदेश कमिटीको बैठकले शर्मालाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको थियो । रुकुम पश्चिम ९ख० बाट निर्वाचित शर्मा अब कर्णालीको तेस्रो मुख्यमन्त्री बन्ने छन् ।