पन्चपुरीमा भरुवा बन्दुक सहित एकजना प्रकाउ

सुर्खेत । सुर्खेतमा भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन् । जिल्लाको पन्चपुरी नगरपालिका–२ मा एकजना भरुवा बन्दुकसहित प्रकाउ परेका हुन् ।

पक्राउ पर्नेमा २२ वर्षीय गगन थापा रहेको प्रहरीले बताएको छ । थापाको साथबाट एक नाल भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको हो ।

उनलाई प्रहरी चौकी सालकोटले नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि प्रहरी कार्यालय सुर्खेत पठाएको छ ।