२४ घण्टामा १ हजार ८ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाको संक्रमणबाट मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ८ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ९ सय ७९ जनामा गरिएको परीक्षणमा १ हजार ८ सय ९७ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २४ घण्टामा २० जनाको संक्रमणबाट मृत्यु भएको छ भने १७ सय ४३ जना निको भएर फर्किएका छन् । मन्त्रालयका अनुसार देशभर ३ हजार ९ सय ७३ जना सक्रिय संक्रमित रहेका छन् ।

अहिले ३० हजार ९ सय ७३ जना सक्रिय सङ्क्रमित रहेकामा ५ सय १२ जनाको आईसीयू र १ सय ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।