कर्णालीका मन्त्रालयमा कर्मचारीकाे अभाव 

सुर्खेत । भाैतिक पूर्वाधार उर्जा तथा जलस्रोत मन्त्री मंगल शाहीले कर्णाली समृद्धिकाे अभियानमा भाैतिक पुर्वाधार र राेजगारकाे विषयमा सरकार अगाडि बढेकाे जानकारी दिए । शाहीले शनिबार सञ्चारकर्मीसँग कर्णालीमा वार्षिक १० हजार जनालाई राेजगारी दिने कार्यक्रम बनाएर अध्ययन प्रक्रियामा रहेकाे बताए ।

भाैतिक मन्त्री शाहीले कर्णालीमा बजेट खर्च कम हुनुमा निर्वाचनकाे कारणले ढिला हुन् पुगेकाे बताए । उनले भने, ´कर्णालीमा कर्मचारी संख्या कम रहेकाे छन् । सबै मन्त्रालयमा हेर्दा कर्णालीमा कर्मचारी समायोजन भएर आउन नचाहेकाे बताए । शाहीले कर्णालीमा निजामती सेवा ऐेन नबन्दा अदालतले बिज्ञापनहरु राेक्दिदा प्रदेश लाेकसेवा मार्फत कर्मचारीकाे पदपूर्ति हुन् नसकेको जानकारी दिए ।

यस्तै, उनले भने केन्द्रबाट समायोजन भएर आउने कर्मचारीहरुकाे संख्या कम रहेकाे छ, `त्यसैले विकासका कामहरु गर्न सकिएकाे छैन् । साथै, भाैतिक पूर्वाधार उर्जा तथा जलस्रोत मन्त्रालयमा प्राविधिक कर्मचारी धेरै संख्यामा कम रहेका छन् । मन्त्री शाहीले भने प्राविधिक कर्मचारी धेरै आवश्यक पर्छ । उक्त मन्त्रालयमा ७२ जना कर्मचारीकाे रिक्त दरबन्दी रहेकाे छ, `जसमा ६० जना प्राविधिक कर्मचारी खाली रहेकाे मन्त्री शाहीले जानकारी दिए ।

साे मन्त्रालयमा प्राविधिक कर्मचारी कम हुँदा विकासका याेजनाहरु अगाडि बढ्न नसकेकाे शाहीले बताए । संघमा कर्मचारी माग गर्दा असफल रहेकाे उनकाे भनाइ छ । यस्तै, कर्मचारी कर्णालीमा नआउनु भाैगाेलिक विकता र यसबर्ष गएको बाढीपहिरो र यातायातकाे असहजताका कारण कर्णालीमा कर्मचारी आउन नमान्नु रहेकाे शाहीले भने ।