सुर्खेत र बाँके आसपासमा एक्कासी बाढी आउन सक्ने

सुर्खेत ।सुर्खेत, दैलेख र आसपास धेरै स्थानमा भारी वर्षा भएको छ। उक्त स्थानहरुमा भारी वर्षाका कारण आगामी २४ घण्टा सुर्खेत आसपासका खहरे खोलामा एक्कासी बाढी आउन सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आगामी २४ घण्टा सुर्खेत आसपासका खहरे खोलामा एक्कासी बाढी आउन सक्ने रहेकाले भोलि शनिबार बिहानसम्म सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।