महिला तथा बालबालिका अस्पतालकाे नगरप्रमुख ढकालले गरिन शिलान्यास

सुर्खेत । नगर अस्पताल परिसरमा महिला र बालकालिकाका लागि पाँच शैयाको अस्पताल निर्माणका लागि शिलान्यास गरेको छ। वीरेन्दनगर नगरपालिकाले नगर अस्पताल परिसरमा महिला र बालकालिकाका लागि पाँच शैयाको अस्पताल निर्माणका लागि शिलान्यास गरेको हाे। नगरप्रमुख मोहनमाया ढकाल र कर्णाली प्रदेशसभा सदस्य यामलाल कँडेलले अस्पतालको शिलान्यास गरेका हुन् ।

नगरपालिकाले सञ्चालन गरेको ब्याक टु लाइफ संस्थाको ६ करोड रुपैंया सहयोगमा अस्पताल निर्माण सुरु गरिएको छ। १५ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी काम सुरु गरिएको नगरप्रमुख ढकालले जानकारी दिइन्। भवन निर्माणपछि बाल र स्त्री रोग विशेषज्ञ सहितको टोलीले नियमित उपचार सेवा प्रदान गर्ने ढकालले बताइन्।

नगरपालिकाले सामाजिक र जनसरोकारका हरेक विषय हाम्रो प्राथमिकतमा राख्दै वार्षिक कार्ययोजना अनुसार सबै कामलाई समयमै सम्पन्न गर्ने गरी नगरपालिका अघि बढेको छ ।