सुर्खेत । शिक्षाका लागि राष्ट्रिय अभियान (एनसीई) को कर्णाली प्रदेश समन्वय समिति गठन गरिएको छ । समितिको संयोजकमा सुर्खेतका भुपेन्द्र कँडेल चयन भएका छन् ।
बिहीवार वीरेन्द्रनगरमा सम्पन्न एनसीईको दोस्रो साधारणसभाले नौ सदस्यीय समन्वय समिति गठन भएको हो । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका केन्द्रीय महासचिव सुर्दशन सिग्देल र केन्द्रीय सदस्य दुर्गा गिरीको उपस्थितीमा सम्पन्न भेलाले कर्णाली समन्वय समिति सर्वसम्मत चयन गरेको छ ।
सभाले कर्णाली प्रदेश समन्वय समितिको सह–संयोजकमा जाजरकोटका खम्बजंग शाह र सचिवमा दैलेखका हिक्मतबहादुर नेपालीलाई चयन गरेको छ । यस्तै, कोषाध्यक्षमा दैलेखकी रजनी योगी चयन भएकी छन् ।
सदस्यमा मुगुका टेकबहादुर शाही, जुम्लाका नौरते नेपाली र सुर्खेतकी देवी पौडेल,जाजरकोटकी जमुना पन्त र कालिकोटकी निर्मला विष्टलाई चयन गरिएको छ । प्रदेशभरका ६ वटा जिल्लामा (एनसीई)ले काम गदैँ आइरहेको छ ।
बाकी चार जिल्लामा (एनसीई) को समिति विस्तार गरेर कार्यक्रम थप्ने योजना रहेको जनाइएको छ । प्रदेशमा नयाँ सरकार,शिक्षालाई प्राथमिकता कत्ति विषयक प्रदेशस्तरीय छलफल पनि गरिएको थियो ।
ए.के. सञ्चार । ११ फाल्गुन २०७९, बिहीबार १८:०९