सुर्खेतमा ट्रककाे ठक्करबाट एक जनाको मृत्यु

सुर्खेत । सुर्खेतमा ट्रककाे ठक्करबाट एक जनाको मृत्यु भएको छ । साेमबार वीरेन्द्रनगर–१० घुस्रास्थित बामेखोलाबाट तिनकुनेतर्फ आउँदै गरेको भे १ ख १५२८ नम्बरको मिनी ट्रकले ठक्कर दिएको हो ।

मृत्यु हुनेमा वीरेन्द्रनगर–११ का ४० बर्षीया कृष्ण चौधरी रहेकाे छन् । उनी  ट्रकको ठक्करबाट गम्भीर घाईते भएका थिए ।  उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

त्यस्तै, वीरेन्द्रनगर-१० का ४९ बर्षीया बुद्धिराम थारु गम्भीर घाइते भएका छन् । उनको प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको छ ।

ट्रक चालक ३६ बर्षीया रवि सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।