भेरी नदीमा बेपत्ता तीन बालबालिकाको अवस्था अझै थाहा हुन सकेन

सुर्खेत । सुर्खेत भेरी नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीन जना बालबालिकाको अवस्था अझै थाहा हुन सकेको छैन । नदीमा बालबालिका हराएदेखि नै खोजी भइरहेको तर अहिलेसम्म नभेटिएका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

हिजो बेलुका ५ बजेतिर भेरीगङ्गा नगरपालिका वडा नम्बर ११ रामघाटमा रहेको भेरी नदीमा नुहाउने क्रममा दुई जना बालिका र एक जना बालक बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा भेरीगङ्गा नगरपालिका वडा नम्बर १३ का १२ वर्षकी गङ्गा खड्का, १२ वर्षकी कृष्णा सिञ्जाली र लेकवेशी नगरपालिका(५ का ८ वर्षका दिनेश बुढा रहेका जिल्ला प्रहरी कार्यालय सुुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।