विजनेस अभावमा प्रदेश सभा बैठक अनिश्चित

सुर्खेत । सरकारले विजनेस दिन नसक्दा कर्णाली प्रदेश सभा लामो समय देखि बैठक बस्न सकेको छैन । माघ ६ गते मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिएपछि स्थगित भएको बैठक त्यसयता बस्न सकेको छैन । सदन संचालनका लागि सरकारले विजनेस नदिएकाले बैठक बस्न नसकेको प्रदेश सभाले जनाएको छ ।

पुस १८ गते पहिलो बैठक बसको थियो । त्यस अवधिमा सभामुख र उपसभामुख निर्वाचन गरेको प्रदेश सभाले अन्य कामकाबाही अघि बढाउन सकको छैन । प्रदेश सभाका विषयगत चार समिती अझै गठन भएका छैनन् । सदन लामो समय स्थगित हुदाँ सांसदहरुले आफ्नो निर्वाचन क्षेत्रका समस्याहरु सुन्ने समय, विषय समय मार्फत सरकारको ध्यानआकर्षण गराउन पाएका छैनन् ।

राजनीतिक अन्योलका कारण प्रदेशसभा आफ्नै तरिकाले अघि बढ्न सकेको छैन् । प्रदेशसभाले सभामुख र उपसभामुख चयनबाहेक अन्य काम गर्न नसकेको पनि तीन महिना बिताएको सकेको छ । प्रदेशसभामा सांसदहरू आएको तीन महिना र सभामुख निर्वाचित भएको दुई महिना बितिसक्यो । तर, विषयगत समिति कहिले बन्ने हो ? निश्रित छैन ।

प्रदेशसभामा प्रदेश मामिला, सार्वजनिक लेखा, अर्थ तथा प्राकृतिक स्रोत र सामाजिक विकास गरी ४ संसदीय समिति रहेका छन् । उक्त समितिले कहिले पूर्णता पाउने हुन थाहा छैन् ? प्रदेशसभा बैठक नहुँदा सांसदहरू फुर्सदिला बनेका छन भने, कतिपय सांसदहरू पार्टीको काममा जिल्ला दौडाहमा रहेका छन् ।

निर्वाचित हुँदा जुन उत्साह बोकर आएका थियो, सरकार र संसदका गतिविधिले दुखि बनाएको प्रदेश सभा सांसद घनश्याम भण्डारीले बताए । उनले भने, ‘हामी निर्वाचित भएर आएको लामो समय भइसक्यो, आवश्यक कानुनहरू बन्न सकेका छैनन् । जसले प्रदेश सरकारका काम लथालिङ्ग छन् । सरकारले बिजनेस दिन सकेको छैन सांसद भण्डारी बताउछन् ।

प्रदेशसभा सचिव जीवराज बुढाथोकी राष्ट्रपति, उपराष्ट्रपति चुनावपछि प्रदेशसभा बैठक बस्न सक्ने जनाए । ‘प्रदेशसभाका लागि आवश्यक बिजनेस नहुँदा बैठक बस्न नसकेको सचिव बुढाथोकीले बताए । सरकारले बिजनेस दिएको खण्डमा हामी सभा सञ्चालनका लागि तयारी अवस्थामा रहेको उनी भन्छन् ।